मनाङका छिरिङ राप्के लामालाई अमेरिकामा अवार्ड

179

-नविन लामिछाने
कार्तिक १७, काठमाडौं । मनाङमा जन्मिएर हाल अमेरिकामा कर्मथलो बनाइ रहेका छिरिङ राप्के लामालाई ‘कोभिड –१९ च्याम्पियन अफ च्याम्यिन्स ‘अवार्डबाट सम्मानित गरिएको छ । शनिबार नै सोही कार्यक्रममा लामालाई सेनेटर लेरोय कोम्रेबाट कोभिड १९ हिरो भोलियन्टियर सम्मान प्रदान गरिएको छ । लामा कोरोना संक्रमणकालमा आफ्नो ज्यानको कुनै पर्वाह नगरी राहत वितरण तथा स्वास्थ्य सुरक्षा सामग्री वितरणमा सक्रिय रुपमा लागेका थिए ।

उनको सो सक्रियताको प्रशंसा गर्दै शनिबार अमेरिकामा गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाले कोभिड –१९ च्याम्पियन अफ च्याम्यिन्स अवार्डबाट सम्मानित गरेको हो । त्यसैगरी कोरोना संक्रमणका बेला स्वास्थ्यको ख्याल गर्दै समुदायमा जनचेतना जगाउन सक्रिय रहेका फाउण्डेसनका उपाध्यक्ष सुवर्ण लामालाई कोभिड –१९ हिरो अफ हिरोइज अवार्डबाट सम्मानित भएका छन् ।

मेम्बर अफ न्युयोर्क एसेम्ली डिष्ट्रिक्ट ३४ डेमोक्रेट नोमिनी जेसिका जोन्जालेज रोजासले वितरण गरेकी हुन् । न्युयोर्क अमेरिकालाई कर्म थलो बनाउँदै आएका लामाले अमेरिकामा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको बेला पनि आफ्नो ज्यानको कुनै पर्वाह नगरी नेपाली र गैरनेपालीलाई सहयोगका लागि निक्कै सक्रिय छन् ।