बालिकामाथि बलात्कार प्रयास

460

कार्तिक १७,
सप्तरी । दशैंको मेला हेरेर फर्किरहेकी बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले राजगढ गाउँपालिका–१ झुटकीका २२ वर्षीय मुकेशकुमार यादवलाई पक्राउ गरेको छ । बलात्कार प्रयासका आरोपित यादवलाई पक्राउ गरी आज जिल्ला अदालतबाट म्यादसमेत थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दशैंमा लागेको मेलाबाट घर फर्किरहेकी बालिकालाई यादवसहित २७ वर्षीय शैलेन्द्र यादव र २४ वर्षीय मिथलेशकुमार मण्डलले दशैंका दिन यही कात्तिक १० गते बलात्कार प्रयास गरेको पीडितले बताउनुभयो । बलात्कार प्रयास गरेको भन्दै पीडितका बुवाले जिल्ला प्रहरी कार्यालयमा कात्तिक ११ गते उजुरी दर्ता गराएका छन् । पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मङ्गलबार स्वास्थ्य परीक्षण गरिएको छ । अन्य आरोपितको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक भुवनेश्वर साहले बताए ।