Wednesday, October 14, 2026
Home समाचार समाचारप्रति महासंघको खण्डन

समाचारप्रति महासंघको खण्डन

97

मंसिर ७,
काठमाडौं । नेपाल उद्योेग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा र महासंघलाई मुछेर सञ्चारमाध्यममा आएका सामाचारको महासंघले खण्डन गरेको छ । महासंघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष राणालाई मुछेर उपाध्यक्षका उम्मेदवार किशोर प्रधानका मतदातालाई संघको खर्चबाट होटल बुक गरेको समाचार गलत रहेको जनाएको हो । संघको विज्ञप्तिमा अध्यक्ष राणाले बाहिरी जिल्लाबाट आउने निर्वाचन प्रतिनिधि तथा मतदातालाई कोरोना संक्रमणबाट सुरक्षित राख्दै मतदान गर्ने व्यवस्था मिलाउन संघको निर्णयअनुसार नै होटल बुक गरिएको विषयलाई गलत रूपमा प्रचार गरिएको उल्लेख गरिएको छ ।

यसअघि निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष राणाले आफ्ना निकट उम्मेदवारका मतदातालाई मात्रै महासंघको खर्चमा होटल बुक गर्ने काम गरेको भन्दै विभिन्न सञ्चामाध्यमले सामाचार प्रकाशन तथा प्रसारण गरेका थिए । महासंघको चुनाव यही १३ मंसिरमा हुँदै छ ।