चितुवाको छालासहित ४ जना पक्राउ

165
सांकेतिक तस्विर

मंसिर ५,
बुटवल । बुटवल प्रहरीले चितुवाको छालासहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार बुटवल ९ स्थित विशाल होटल एण्ड रेष्टुरेण्टबाट ४ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा बुटवल ७ का ३० वर्षीय विष्णुप्रसाद भट्टराई, गुल्मीको दरबार गाउँपालिका–४ का २२ वर्षीय विमल मगर, २४ वर्षीय सञ्जिव पेमी र १८ वर्षीय विशाल रानामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले ६ फिट लम्बाई र १ फिट ३ ईन्च चौडाईको एकथान चितुवाको छाला समेत बरामद गरेको छ । प्रकाउ परेका व्यतिm र छाला जिल्ला वन कार्यालय रुपन्देही बुझाइएको छ । उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।