खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको हलेसी बजारमा आगलागी हुँदा तीन वटा होटल र लघुवित्त कार्यालय जलेका छन् ।
हिजो साँझ सात बजेतिर ग्यास पसलबाट सुरु भएको आगोले तीन वटा घर पूर्ण रूपमा र एउटा घरमा आंशिक क्षति भएको हो । आगलागीले स्थानीय पदमशेर राईको हार्डवेयर पसल सहितको घर, प्रकाशचन्द्र गिरीको होटल हलेसी दर्शन रेस्टरेन्ट सहितको घर, ऐराख...
काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा...
काठमाडौं । भुक्तानी सेवा प्रदायक आइएमई पे र खल्तीबीच मर्जर प्रक्रिया अगाडि बढेको छ। कम्पनीहरूबीच मर्जरमा जान सैद्धान्तिक सहमति जुटेको छ।हाल आइएमई पेमा र खल्तीमा तीन सयको दरमा कर्मचारी रहेका छन्। मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम ुआइएमई खल्तीु रहने बताइएको छ।
नयाँ बन्ने कम्पनीमा आइएमई समूहकै सेयर हिस्सा धेरै रहने बताइएको छ।आइएमई पेमा स्वामित्व रहेको आइएमई डिजिटल सोलुसन लिमिटेडले...
काठमाडौं – नेपाल प्रहरीका हालै बढुवा भएका ७२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) ले दर्ज्यानी चिन्ह पाएका छन् । फागुन २ गते प्रहरी निरीक्षक पदबाट बढुवा भएका ७५ जनामध्ये ७२ जनालाई आइतबार दर्ज्यानी चिन्ह दिइएको हो । तीन जनामध्ये दुई जना सिलसिलामा संयुक्त राष्ट्र संघको मिसनमा र एक जना तालिममा रहेकाले उनीहरूले पछि दर्ज्यानी चिन्ह लिने प्रहरी प्रधान कार्यालयले...
भक्तपुर । नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंभ भक्तपुरको अध्यक्षमा विवेक श्रेष्ठ चयन भएका छन् । शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १९ सदस्य रहेको जिल्ला कमिटी चयन भएको हो । जसको उपाध्यक्षमा विश्वराम त्वयानाबासु, राधा पण्डित, सचिवमा विदुर खड्का, उपसचिवमा रुपक गेलाल, शुसिल ढुंगाना, पुरुषोत्तम सिग्देल चयन भएका छन् ।त्यसैगरि कोषाध्यक्षमा पविता श्रेष्ठ, सहकोषाध्यक्षमा साजन...
भक्तपुर । चाँगुनारायण नगरपालिका–३ कल्पकोटमा आज दिउँसो मिनी ट्रकको ठक्करबाट ७० वर्षीया बृद्धाको मृत्यु भएृको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–५ पिखेल बस्ने ७२ वर्षीया केकई मग्रराती मगर रहेको भक्तपुर प्रहरीले जनाएको छ ।कल्पकोट ओरालो स्थितमा व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ४६३७ नम्बरको मिनी ट्रकले पैदलयात्री केकईलाई ठक्कर दिँदा गम्भिर घाइते भई उपचारको लागि काठमाडौं मेडिकल कलेज...
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको तेस्रो नगर स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता -२०८१ सुरु भएको छ । विहिबार उक्त प्रतियोगिताको सांसद दुर्लभ थापाले समुदघाट्न गरेका थिए । उद्घाटन समारोहमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठ,उपप्रमुख बिजय श्रेष्ठ, अन्य जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।तस्बिर: पवन श्रेष्ठ/नगरप्रमुखको सचिवालय
भक्तपुर । भारतको खेलाडीलाई हराएँदै भक्तपुर जिल्ला चागुरायण नगरपालिका ६ खरिपाटी फेदिमा क्वालिटी स्कुलका छात्रले गोल्ड मेडल जितेका छन् ।
६औं एसियन सभात च्याम्पियनसिपमा सहभागी क्वालिटी ईग्लिश सेकेण्डरी स्कुलको कक्षा ७ मा अध्ययनरत छात्र सुन्दर पाण्डेले भारतको खेलाडीलाई हराएँदै गोल्ड मेडल जितेको हो । भारतको नयाँ दिल्लीस्थित टालकटोरा स्टेडियममा जारी सभात च्याम्पियनसिपमा भक्तपुरको क्वालिटी सेकेण्डरी स्कुलका छात्रले स्वर्ण...
भक्तपुर । नेकपा एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघ ,भक्तपुरको अध्यक्षमा हिरामाया शेर्पा चयन भएकी छिन् । उनको नेतृत्वमा ४९ सदस्य रहने कमिटी गठन गरिएको एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिएका छन् । अनेमसंघ भक्तपुरको उपाध्यक्ष शकुन्तला श्रेष्ठ, कृष्णा कार्की, सचिवमा पार्वती नगरकोटी, उपसचिव रञ्जना खर्बुजा र कोषाध्यक्षमा जयन्ती महत चयन भएका छन् ।
काठमाडौं । आखिर हामी जे जति काम गर्छौ, ति सबैको सार हो, खुसी । मिठो खाएर होस्, नाचगान गरेर होस्, प्रतियोगिता जितेर होस्, सुविधा भोग गरेरै होस् हामीले खुसी खोजिरहेका हुन्छौ । घतलाग्दो त के भने, त्यो खुसी हामीभित्रै छ । तर, आफैभित्रको खुसी पनि हाम्रो निम्ति दुर्लभ छ । चाहेर पनि हामी खुसी हुन सकिरहेका हुँदैनौ । हामी...










