भक्तपुर । भारतको खेलाडीलाई हराएँदै भक्तपुर जिल्ला चागुरायण नगरपालिका ६ खरिपाटी फेदिमा क्वालिटी स्कुलका छात्रले गोल्ड मेडल जितेका छन् ।
६औं एसियन सभात च्याम्पियनसिपमा सहभागी क्वालिटी ईग्लिश सेकेण्डरी स्कुलको कक्षा ७ मा अध्ययनरत छात्र सुन्दर पाण्डेले भारतको खेलाडीलाई हराएँदै गोल्ड मेडल जितेको हो । भारतको नयाँ दिल्लीस्थित टालकटोरा स्टेडियममा जारी सभात च्याम्पियनसिपमा भक्तपुरको क्वालिटी सेकेण्डरी स्कुलका छात्रले स्वर्ण पदक हासिल गरेको छ ।
सेमिफाइनलमा नेपालका विश्वास भट्टराईलाई पछि पार्दै फाइनल प्रवेश गरेका पाण्डेले भारतका श्रेयश्लाई हराएर गोल्ड मेडल आफ्नो पोल्टोमा पारेको आयोजकले जनाएको छ । सो स्थानमा भएको प्रतिस्पर्धामा नेपाली सभात टोली ९२८ खेलाडी र ६ अधिकारी० छन् । खेल फेब्रुअरी ९—१२, २०२५ सम्म जारी रहेको थियो ।