Sunday, July 26, 2026
Home Blog Page 1066
मंसिर १८ काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार ६०० ले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला एक हजार ६०० ले वृद्धि भई ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा एक हजार ६०० ले नै वृद्धि भएको नेपाल...
मंसिर १८, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात दशकबाट प्राप्त गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा नपाएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । बुधबार गृह जिल्लामा पुल उद्घाटन गर्न पुग्नु भएका पौडेल माथि प्रहरीले दमन गरेको थियो । असली लोकतन्त्र कहिले साकार हुने हो रु मेरो चिन्ता यसैमा छ उहाँले भन्नुभयो । स्वास्थ्यमा समस्या देखिएपछि पौडेलले बिहीबार ट्विट...
मंसिर १७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठक केहीबेरमात्रै बसेर स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रस्तावका सन्दर्भमा छलफलका लागि बोलाइएको सचिवालय बैठक केहीबेरमात्रै बसेर मंसिर २० गतेसम्मका लागि स्थगित गरिएको हो ।कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै प्रस्ताव ल्याएका थिए भने...
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न नदिने भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । पौडेलले बुल्दीखोला पुल उद्घाटन गर्ने कार्यक्रम बिथोल्न नेकपा कार्यकर्ताले मोटरसाइकल र्याली नै गरेका हुन् । यसअघि मंगलबार तनहुँको ब्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनाइएको पुलको उद्घाटन गर्दा पनि नेकपा तनहुँले नेता...
मंसिर १७, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९० हजार ५५० निर्धारण गरिएको छ । मंगलबार सुनको मूल्य ९० हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको महासंघले जनाएको छ । मंगलबार पनि सुनको मूल्य तोलामा ५ सयले बढेको थियो । त्यस्तै,...
मंसिर १७, पाँचथर । जिल्ला प्रशासन कार्यालय पाँचथरले विभिन्न सेवा लिन राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । प्रशासन कार्यालयले छ प्रकारका सेवा लिन आउँदा परिचयपत्रको फोटोकपी र परिचयपत्रका लागि विवरण दर्ता गराएको सुनिश्चित पेजको फोटोकपी संलग्न गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले बताउनुभयो । कार्यालयले राहदानी बनाउन तथा लिन, आदिवासी जनजाति सिफारिस लिन, संघ संस्था दर्ता तथा...
मंसिर १७, मुम्बई । बलिउडमा कयौं वर्ष कठोर संघर्ष गरेपछि अभिनेता नवाजुद्दीन सिद्दीकीले आज आफ्नो अलग पहिचान बनाएका छन् । हरेक प्रकारका भूमिकामा जीवन्त अभिनय गर्न सक्ने खुबी भएका उनले हिरोदेखि भिलेनसम्मको भूमिका निर्वाह गरेका छन् । एकातिर उनलाई नन् कमर्शियल फिल्ममा निकै रुचाइन्छ भने अर्कोतिर कयौं सफल कमर्शियल फिल्ममा पनि अभिनय गरेका छन् । उनले आफूलाई मसला फिल्मबाट...
-केके मानन्धर मंसिर १७, काठमाडौं । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालमा बोलिने भाषाहरुलाई संरक्षण गर्नुपर्ने बताए । नेवाः पत्रकार राष्ट्रिय दबूमा आबद्ध पत्रकारहरुसँग गरिएको अन्र्तक्र्रिया कार्यक्रममा जोशीले भाषा संरक्षणमा चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण समेत गराए । देशको पहिचानसँग सम्बन्धित भाषा बचाउनको लागि राष्ट्र भाषालाई अनिवार्य रुपमा संरक्षण गर्नुपर्ने उहाँको भनाइ थियो । ‘पाली भाषा र संस्कृत भाषा अहिले...
मंसिर १६, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ विरुद्ध गतिविधि गर्ने ८ कम्पनीलाई कारबाही गरेको छ । विभागद्वारा सञ्चालित दैनिक बजार अनुगमनका क्रममा कालोबजारी गरेको पाइएपछि कारबाहीमा परेका हुन् । विभागको कारबाहीमा पर्नेमा काठमाडौं टोखा ५ स्थित बुढाथोकी हार्डवयर, कामनपा ९ स्थित न्यू शिव खाद्य भण्डार, कामनपा ८ मदन दास इन्टरप्राइजेज, कामनपा ३२ सूर्यचन्द्र...
मंसिर १६, बीबीसी । उनलाई थाहा छ कि छोरो मारिइसकेको पनि हुनसक्छ। रेबेकाले आफ्नो पहिलो सन्तान लरेन्स जोजायलाई अन्तिमपटक एक वर्षको हुँदा देखेको थिइन। त्यसबेला उनी मात्र १६ वर्षकी थिइन्। यो मार्च २०११ को कुरा हो। रेबेका १५ वर्षकी हुँदा उनकी आमाले विद्यालयको शुल्क तिर्न सकिनन्। उनले पढाइ छाड्नुपर्‍यो। गरिबीले सडकमा पुगेकी उनले एउटा बूढो मानिस भेटिन्। त्यसले उनीसँग बिहे...