Sunday, October 18, 2026
Home समाचार सरकारी सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

सरकारी सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

245

मंसिर १७,
पाँचथर । जिल्ला प्रशासन कार्यालय पाँचथरले विभिन्न सेवा लिन राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । प्रशासन कार्यालयले छ प्रकारका सेवा लिन आउँदा परिचयपत्रको फोटोकपी र परिचयपत्रका लागि विवरण दर्ता गराएको सुनिश्चित पेजको फोटोकपी संलग्न गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले बताउनुभयो । कार्यालयले राहदानी बनाउन तथा लिन, आदिवासी जनजाति सिफारिस लिन, संघ संस्था दर्ता तथा नवीकरण गर्न, पारिवारिक विवरण तथा नाता प्रमाणित गर्न र नाबालक सिफारिस गर्ने अभिभावकका साथ उक्त सामग्री संलग्न राख्नुपर्ने छ । सरकारले वित्तीय संस्थामा खाता खोल्न, चलअचल सम्पत्ति बिक्री गर्न, सामाजिक सुरक्षा भत्ता लिन, सेयर खरिद बिक्री गर्न, लोकसेवा आयोगको फाराम भर्न, राहदानी बनाउन, पानी, विद्युत् तथा टेलिफोनको विल तिर्न राष्ट्रिय परिचय नम्बर अनिवार्य गर्न लागेको हो ।