कांग्रेस नेता पौडेलले भने ‘प्रहरीको डण्डाले करङ दुखेको छ’

237

मंसिर १८,
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात दशकबाट प्राप्त गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा नपाएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । बुधबार गृह जिल्लामा पुल उद्घाटन गर्न पुग्नु भएका पौडेल माथि प्रहरीले दमन गरेको थियो । असली लोकतन्त्र कहिले साकार हुने हो रु मेरो चिन्ता यसैमा छ उहाँले भन्नुभयो । स्वास्थ्यमा समस्या देखिएपछि पौडेलले बिहीबार ट्विट गर्दै प्रहरीको डण्डाले करङ दुखेको बताउनुभएको छ । पौडेलले लेख्नुभएको छ, ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ ।’

तनहुँको व्यास १ र ११ जोड्ने पक्की पुल उद्घाटन कार्यक्रमका नेकपा कार्यकर्ताले अवरोध गरेका थियो । प्रशासन लगाएर उद्घाटन रोक्ने प्रयास भएपछि त्यसको विरोधमा पौडेलले जनस्तरीय भेलालाई सम्बोधन गर्ने तयारी गरेपछि प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको थियो।