ओली र प्रचण्डबीच वान टु वान वार्ता

268

पुस १,
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा वान टु वान वार्ता भइरहेको छ । नेकपाभित्र विवादले उग्र रुप लिँदै पानी बाराबारको अवस्था रहेकै बेला दुई अध्यक्षबीच वान टु वान वार्ता भइरहेको हो । आजै नेकपाको स्थायी समिति बैठक प्रधानमन्त्री समेत रहेका ओलीको सरकारी निवास बालुवाटारमा राखिएको अवस्थामा बैठकअघि दुई अध्यक्षबीच वार्ता भएको हो । संवैधानिक आयोगहरुमा नियुक्तिका लागि विवाद भइरहेको बेला ओलीले अकास्मात निर्णय गर्न सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद थप उग्र बनेको छ । आजको स्थायी समिति बैठकमा ओली इतर समूहले कडारुपमा प्रस्तुत हुने यसअघि नै निर्णय गरिसकेको छ ।

नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङले सहमतिको प्रयासस्वरुप दुई अध्यक्षबीच बैठक भइरहेको जानकारी दिए । सरकारले ल्याएको अध्यादेश र पार्टीभित्रको विवादका सन्दर्भमा केन्द्रीत रहेर छलफल भइरहेको उनको भनाइ छ । नेकपाभित्रको लामो समयको विवाद नसुल्झिकन थप उग्र बन्दै गएपछि कतिपयले पार्टी फुटको डिलमा पुगेको टिप्पणी गर्न थागेका छन् ।