सुडालमा आगलागी, कुखुरा फर्म जलेर नष्ट

266

पुस १,
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर ८, जितपुर सुडालमा दिपक गिरीले सञ्चालन गरेको गहुको छ्वालीले छाएर बनाएको चाँगुनारायण कुखुरा फर्ममा आगोलागी भएको हो । उक्त घटनाको खबर प्राप्त हुनासाथ तत्कालै घटनास्थलमा महानगरीय प्रहरी प्रभाग सुडाल भक्तपुरबाट प्रहरी टोली खटि गई र स्थानीयहरुको सहयोगमा विहान करिब २ बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । गँहुको छ्वालीले छाएको टहराहरु भएको हुँदा भुषे चुलोबाट अचानक आगो सल्किई तिब्र गतिमा आगोलागी फैलिई टहराहरु पुर्ण रुपमा जलेका कारण उक्त फर्म (टहरा)मा रहेको प्यारेन्ट जातीको कुखुरा नष्ट भएका छन् । आगलागीको घटनाबाट करिब पन्ध्र लाख रुपैयाँ बराबरको क्षति भएको र मानविय क्षती नभएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिएका छन् । यस घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ ।