Sunday, September 27, 2026
Home राजनीति केपीजीले लोकतन्त्र र संविधान विसर्जन गर्न खोज्नुभयो : प्रचण्ड

केपीजीले लोकतन्त्र र संविधान विसर्जन गर्न खोज्नुभयो : प्रचण्ड

180

फागुन ११
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटको बाटो रोजेर लोकतन्त्र र संविधान नै विसर्जन गर्न खोजेको आरोप लगाएका छन्।

जनयुद्धमा हस्ताक्षर पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘धेरै लामो कसरतपछि पार्टी एकता गरेका थियौँ, तर केपीजीले फुटको बाटो रोजेर लोकतन्त्र र संविधान विसर्जन गर्न खोज्नुभयो।’

उनले एकताको झण्डा बोकेर आफूहरू आधिकारिक रूपमा अगाडि बढ्न खोज्दा केही व्यक्तिले विभाजन गर्न खोजिरहेका बताए। जनयुद्धको उपलब्धिलाई अपहरण गर्न खोजेकाले अहिले शान्तिपूर्ण युद्ध लडिरहेको पनि उनले दाबी गरे।