Sunday, September 27, 2026
Home राजनीति गोकर्ण विष्ट ओली समूहमा नआए सडकमा पुर्‍याउने मुख्यमन्त्रीको धम्की

गोकर्ण विष्ट ओली समूहमा नआए सडकमा पुर्‍याउने मुख्यमन्त्रीको धम्की

186

फागुन ११,
गुल्मी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूर्वमन्त्री गोकर्ण विष्ट ओली समूहमा नआए सडकमा पुर्‍याउने धम्की दिएका छन्।

गुल्मीमा नेपाल कम्युनिष्ट पार्टी (ओली समूहले) आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रचण्ड–माधव समूहका नेता एवं गुल्मी क्षेत्र नम्बर २ का सांसद विष्टलाई ओली समूहमा नआए गुल्मी क्षेत्र नम्बर २ बाट चुनाव हराउने चेतावनी दिएका हुन्।

प्रचण्ड—माधव समूहले गलत बाटो रोजेको भन्दै ओली समूहमा आउन उनले विष्टलाई आग्रह गरेका थिए। प्रचण्ड—माधव समूहले नै देशलाई अस्थिरतातर्फ लगेको आरोप लगाउँदै देशलाई अस्थिरताबाट जोगाउन प्रतिनिधि सभा विघटन गर्नुपरेको उनको तर्क थियो।

प्रचण्ड—माधव समूहले सरकारलाई चारैतिरबाट घेराबन्दीमा राख्दै केही काम गर्न नदिएको भन्दै खाली पद र कुर्सीमा केन्द्रित रहँदा यो समस्या आएको उनको दाबी थियो।