बेलायतमा ५४८ संक्रमितको मृत्यु

84
सांकेतिक तस्विर

लन्डन । पछिल्लो २४ घन्टामा बेलायतमा ५४८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्ला केही दिनयता पाँच सय भन्दा कम मृतक संख्या रहेपनि मंगलबार भने मृतक संख्या पाँच सय नाघेको छ । यससँगै बेलायतमा कुल मृतक संख्या एक लाख २१ हजार ३०५ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ । यसैगरी बितेको २४ घन्टामा थप ८ हजार ४८९ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख ३४ हजार ६३९ पुगेको छ । अस्पतालमा उपचार गराउनेको संख्यामा पनि निरन्तर कमी आउदै गएको छ । हाल बेलायतका उपचार गरिरहेका कोरोना संक्रमितको संख्या १६ हजार ७९७ मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या पनि दुई हजार २७३ पुगेको छ ।