Thursday, July 23, 2026
Home Blog Page 1028
चैत १३, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । जन्मथलो म्याग्दीबाट बसाइँ सरी रुपन्देहीमा बसोवास गर्दै आएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो । ‘बेनीको बजार,जता मायाँ उतै छ नजर...’...
चैत १३, सुनसरी । नेपाल प्रहरीले श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए। घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी...
चैत १३, काठमाडौं । होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने भएको छ । सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयल जानकारी दिएको छ । यसअघि नै गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले फागु पूर्णिमामा भीडभाड गरेर होली नखेल्न सार्वजनिक आग्रह गरिसकेको छ ।स्वतस्फूर्त मानिस निस्केर भीड...
चैत १३, भक्तपुर । भक्तपुर इन्टरनेशनल हस्पिटल प्रा.लि.ले अब भक्तपुरका बिरामी उपचार गर्न अन्यत्र जानु नपर्ने दाबी गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटारमा हस्पिटल संचालनमा आएको हो । अस्पताल संचालन समितिका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले भक्तपुरको स्वास्थ्य क्षेत्रको आवश्यकता पूरा गर्नकालागि जिल्लामा अन्तर्राष्ट्रियस्तरको अस्पताल सुरू भएको जानकारी दिएका छन् ।हस्पिटलमा हाड, जोर्नी तथा नशा रोग उपचार सेवा,...
चैत ११, भक्तपुर । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोरोना संक्रमण बढेकाले अनावश्यक भिड् नगर्न निर्देशन दिएका छन् । कार्यालयमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा कोरोना संक्रमण दरमा वृद्धि भएको भन्दै भिडभाड नगर्न आग्रह प्रमुख जिल्ला अधिकारी आग्रह गरेका हुन् । युरोप र भारतलगायत देशमा कोरोना संक्रमण बढेकाले थप सचेत हुन आवश्यक देखिएको उनको भनाई छ । गृह...
चैत ९, काठमाडौं । जेठ ३० गतेभित्र स्ववियू निर्वाचन गर्नेलगायत ६ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको नेविसंघ नेता भुवन भट्टले बताए। स्ववियू निर्वाचनका लागि चैत २५ गतेभित्र सर्वपक्षीय छलफल बोलाउने पनि समझदारी भएको छ। समझदारी पत्रमा त्रिविका तर्फबाट शिक्षाध्यक्ष शिवलाल भुसाल र नेविसंघका तर्फबाट श्यामचन्द्र अधिकारीले हस्ताक्षर गरेका छन्। उपकुलपति कार्यालयमा नेविसंघले ४८ दिनदेखि गरिरहेको अनसन सहमतिसँगै अन्त्य भएको छ।...
काठमाडौं । अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा लगातार परेको मुसलधारे वर्षाका कारण बाढी र डुवान हुन थालेपछि स्थानीय सरकारले हजारौं मानिसलाई घर छाड्न र सुरक्षित ठाउँमा जान अनुरोध गरेको छ। ह्र्याक्सबरी र नीपीयन नदीमा जलासयले खतराको सीमा नाघेपछि सरकारले १८ हजारलाई सुरक्षीत स्थानमा सारिसकेको छ। सिड्नी नजीकैको पेनरिथ, मुलोगा र जेमिसनको पश्चिमी क्षेत्र सबैभन्दा बढी डुबानको खतरा छ। मानवीय क्षति...
चैत ९, बलिउड । भारतको शक्तिशाली फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्शनले स्टार किड्सहरुलाई बलिउडमा डेब्यू गराउँदै आएको छ । यसैले, पनि धर्माका प्रमुख करण जोहरलाई बलिउडमा ‘नेपोटिज्म’लाई अगाडि बढाउन प्रमुख भूमिका खेल्ने गरेको आरोप समेत लाग्दै आएको छ । तर, पनि धर्माले स्टार किड्सहरुलाई डेब्यू गराउन भने छाडेको छैन । अब, धर्माले एक स्टार किड्सलाई बलिउडमा डेब्यू गराउने तयारी...
चैत ९, काठमाडौं । वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा ९माओवादी केन्द्र०ले स्थायी कमिटी बैठक बोलाएको छ । मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटीका पम्फा भुसालले जानकारी दिइन् । उनका अनुसार बैठकमा पार्टी सांगठनिक र वर्तमान राजनीति परिस्थितिबारे छलफल हुनेछ । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि...
चैत ९, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १५० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ४७२ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा १५० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो समय कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमित दुई लाख ७६...