माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने

210

चैत ९,
काठमाडौं । वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा ९माओवादी केन्द्र०ले स्थायी कमिटी बैठक बोलाएको छ । मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटीका पम्फा भुसालले जानकारी दिइन् । उनका अनुसार बैठकमा पार्टी सांगठनिक र वर्तमान राजनीति परिस्थितिबारे छलफल हुनेछ । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुने बुझिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिएको छैन । माओवादीले समर्थन फिर्ता नलिएरै ओलीको विकल्प दिन काँग्रेस र जनता समाजवादी पार्टीसँग संवादमा अगाडि बढाएको थियो । काँग्रेस र जसपाले माओवादीलाई समर्थन फिर्ता नगरेकाले राजनीतिक निवासको ढोका नखुलेको बताउँदै आएका छन् ।