Thursday, July 23, 2026
Home Blog Page 1027
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा मात्रै ७ हजार ४८८ जनाको मृत्यु भएको छ भने विश्वभर ४ लाख ४० हजार संक्रमित थपिएका छन् । ब्राजिलमा सबैभन्दा बढी १ हजार ९६९ जनाको मृत्यु भएको छ भने अमेरिकामा ६३२ जनाले ज्यान गुमाएका छनु । इटालीमा ४१७, भारतमा २६६, फ्रान्समा ३६०, रुसमा २९३ जनाको मृत्यु भएको छ ।
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिम १८ महिनायताका आठ खेलमा जितविहीन थियो । आठै खेलमा गोलसमेत गर्न सकेको थिएन । ६ वर्षपछि दशरथ रंगशालामा फर्कंदा राष्ट्रिय टिमले थ्री नेसन्स कपको समूह चरणका दुवै खेलमा गोल गर्न त सकेको थिएन नै, पोस्टमा गतिलो आक्रमण पनि भएन । फरवार्डबिना नै खेलेजस्तो देखिएपछि टिमकै आलोचना भइरहेको थियो । अन्ततः डेढ वर्षे गोलविहीन यात्रामा पूर्णविराम लगाउँदै सोमबार नेपालले...
चैत १७ बुटवल । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुखहरुको ६ महिना नपुग्दै सरुवा गरिएको छ । गृह मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पिताम्वर घिमिरेको जिल्ला प्रशासन कार्यालय पर्सा सरुवा गरेको छ । रुपन्देहीमा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ आउने भएका छन् । घिमिरे २०७७ भदौमा रुपन्देहीमा प्रजिअ भएर आएका थिए । यसैगरी रुपन्देहीका प्रहरी प्रमुख प्रहरी...
चैत १७, काठमाडौं । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको...
चैत १७, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ । नयाँ नेतृत्वका लागि अध्यक्षत्रय कमल थापा, डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणासहित युवा नेतृत्वले समेत आकाँक्षा देखाएका छन् । पटक–पटक टुटफुट र विभाजनको मार खेपेको राप्रपा एकता महाधिवेशनको तयारीमा जुट्दै गर्दा नेतृत्वका लागि रस्साकस्सी सुरु भएको हो ।राप्रपाले...
चैत १४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनप्रति दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार बिहान ट्वीट गर्दै इमान्दार एवं स्वच्छ छवि भएका जोशीको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको जनाएकी छन् । स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गरेकी छन् ।
एजेन्सी । अपार्टमेन्टमा भित्तो जोडिएका छिमेकी जोडीले सहवासका बेला आवाज निकालेर दिक्क पारेपछि एक जना महिलाले लिखित रुपमै सन्देश पठाइन्, त्यसो नगर्न । तर उक्त दम्पत्तिले ती महिलाको लिखित गुनासोको यस्तो रोचक शैलीमा जवाफ पेस गर्‍यो कि त्यसले महिलालाई रुनु र हाँस्नु बनायो भन्दा हुन्छ । एक टिकटक प्रयोगकर्ता महिलाले आफ्नो उक्त अनुभव टिकटकमा शेयर गरेपछि त्यो भाइरल बनेको...
चैत १४, भारत । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ६२,२५८ नयाँ संक्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो । लगातार दोस्रो दिन साठी हजारभन्दा बढी नयाँ संक्रमित भेटिएको हो । शुक्रबार मन्त्रालयले भारतमा १६० दिनपछि कोरोनाका यति धेरै नयाँ संक्रमित भेटिएका हुन् । सरकारी अधिकारीका अनुसार महाराष्ट्र, पंजाब र गुजरातमा संक्रमण सबैभन्दा तीब्र गतिमा...
चैत १४, काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्र अनुसार माछापुच्छ्रे बैंक ले एमबिएल स्मार्ट डलर कार्ड संचालनमा ल्याएको छ । बैंकमा खाता भएका ग्राहकले आफ्नो प्यान कार्ड पेस गरि अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । उक्त कार्ड मार्फत भारत बाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर...
चैत १४, सप्तरी । शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुव्र्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए। उनका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै...