जेठ ३० गते भित्र स्ववियू निर्वाचन हुने

130

चैत ९,
काठमाडौं । जेठ ३० गतेभित्र स्ववियू निर्वाचन गर्नेलगायत ६ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको नेविसंघ नेता भुवन भट्टले बताए। स्ववियू निर्वाचनका लागि चैत २५ गतेभित्र सर्वपक्षीय छलफल बोलाउने पनि समझदारी भएको छ। समझदारी पत्रमा त्रिविका तर्फबाट शिक्षाध्यक्ष शिवलाल भुसाल र नेविसंघका तर्फबाट श्यामचन्द्र अधिकारीले हस्ताक्षर गरेका छन्। उपकुलपति कार्यालयमा नेविसंघले ४८ दिनदेखि गरिरहेको अनसन सहमतिसँगै अन्त्य भएको छ। नेविसंघका नेताहरूलाई अनसन तोडाउन उपकुलपति धर्मकान्त बाँस्कोटा पनि उपस्थित थिए।