छिमेकीको बेडरुमबाट चर्को आवाज आएपछि….

279
सांकेतिक तस्विर

एजेन्सी । अपार्टमेन्टमा भित्तो जोडिएका छिमेकी जोडीले सहवासका बेला आवाज निकालेर दिक्क पारेपछि एक जना महिलाले लिखित रुपमै सन्देश पठाइन्, त्यसो नगर्न । तर उक्त दम्पत्तिले ती महिलाको लिखित गुनासोको यस्तो रोचक शैलीमा जवाफ पेस गर्‍यो कि त्यसले महिलालाई रुनु र हाँस्नु बनायो भन्दा हुन्छ । एक टिकटक प्रयोगकर्ता महिलाले आफ्नो उक्त अनुभव टिकटकमा शेयर गरेपछि त्यो भाइरल बनेको छ । छिमेकीसँगको उनको पत्र आदानप्रदानको भिडियो लाखौँले हेरिसकेका छन् ।

ती महिलाका अनुसार पछिल्ला ४ दिनदेखि उनले छिमेकीको बेडरुमबाट चर्को चर्को दिक्क लाग्दो हल्ला सुन्नुपरिरहेको थियो । के को हल्ला हो त रु भन्ने बारेमा प्रष्ट पार्दै उनले त्यो हल्ला सम्भोगका बेला महिलाले निकाल्ने आवाजसँगै जोडदार रुपमा प्रस्तुत हुँदा भित्तोमा बेड ठोक्किएर आउने आवाज समेत रहेको बताएकी छिन् । हल्लाखोर छिमेकी दम्पत्तिलाई त्यसो नगर्न आग्रह गर्दै लेखेको सन्देशमा उनले भनेकी छिन्, ‘तपाईंले आफ्नो बेडरुम भित्तोबाट पर सार्नुभयो भने म आभारी हुनेथिएँ । यो हल्ला अहिले दैनिकी बनिरहेको छ र यसले मलाई सुत्नका लागि नै अप्ठेरो भइरहेको छ । उही तपाईंको छिमेकी ।’

महिलाको त्यस्तो कडा पत्र पाएपछि छिमेकी दम्पत्तिको प्रतिक्रिया कस्तो होला ? हाम्रोतिर भएको भए झगडा हुन्थ्यो होला । तर छिमेकी दम्पत्तिमा सेन्स अफ ह्युमर रहेछ । उनीहरुले त्यो सुझावलाई खुसीसाथ ग्रहण गरे र मज्जाको जवाफ फर्काए । ती महिलालाई जवाफी सन्देश पठाउने क्रममा उनीहरुले स्टारबक्स कफीको ५० डलरको गिफ्ट कार्ड समेत सँगै राखेर एउटा पत्र लेखे । उक्त पत्रमा लेखिएको थियो – असुविधाका लागि क्षमा चाहन्छु । मैले आवाज घटाउनका लागि राम्रो प्रयास गर्नेछु । तपाईंको विवेकका लागि धन्यवाद ।

उनीहरुले अगाडि लेखेका छन्, प्रापक स् सुताहा छिमेकी । प्रेषकः हल्लाखोर छिमेकी । टिकटकमा भाइरल बनेको यो अनौठो पत्र व्यवहारको भिडियोमा अनेक खालका प्रतिक्रियाहरु आएका छन् । अधिकांसले दम्पत्तिको सेन्स अफ ह्युमरको तारिफ गरेका छन् ।

(