भारतमा एकैदिन ६२ हजार बढीलाई कोरोना संक्रमण

96
सांकेतिक तस्विर

चैत १४,
भारत । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ६२,२५८ नयाँ संक्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो । लगातार दोस्रो दिन साठी हजारभन्दा बढी नयाँ संक्रमित भेटिएको हो । शुक्रबार मन्त्रालयले भारतमा १६० दिनपछि कोरोनाका यति धेरै नयाँ संक्रमित भेटिएका हुन् । सरकारी अधिकारीका अनुसार महाराष्ट्र, पंजाब र गुजरातमा संक्रमण सबैभन्दा तीब्र गतिमा बढिरहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९१ को कोरोनाका कारण मृत्यु भएको छ ।
भारतमा यो महामारीका कारण ज्यान गुमाउनेको कुल संख्या अब एक लाख ६१ हजारभन्दा बढी भएको छ ।भारत सरकारले हालसम्म पाँच करोड ८१ लाखभन्दा बढीलाई कोभिड भ्याक्सिनको डोज दिइसकेको बताइएको छ । यसैबीच, पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकर कोरोनाद्वारा संक्रमित भएका छन् ।