काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा मात्रै ७ हजार ४८८ जनाको मृत्यु भएको छ भने विश्वभर ४ लाख ४० हजार संक्रमित थपिएका छन् । ब्राजिलमा सबैभन्दा बढी १ हजार ९६९ जनाको मृत्यु भएको छ भने अमेरिकामा ६३२ जनाले ज्यान गुमाएका छनु । इटालीमा ४१७, भारतमा २६६, फ्रान्समा ३६०, रुसमा २९३ जनाको मृत्यु भएको छ ।