चैत २०,
काठमाडौं— भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नेपाल प्रवेश गर्ने मध्ये कोरोनाभाइरस कोभिड—१९ को आशंका गरिएकालाई ऐन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा।कृष्ण पौडेलले जानकारी दिए । पछिल्लो समय भारतमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । भारतमा वृद्धि भइरहेको संक्रमण दरको...
चैत २०,
काठमाडौं । नायक अनमोल केसीको प्रेम चर्चा नेपाली चलचित्र क्षेत्रका लागि नयाँ भने होइन । किनकी, अनमोल जुन चलचित्रमा काम गर्छन् उनको नाम सोही चलचित्रकी नायिकासँग जोडिन्छ । उनको प्रेम ‘जेरी’ नायिका आना शर्मासँग रहेको बताइन्छ । तर, दुबैले प्रेम स्विकार गरेनन् । यसपछि, विभिन्न नायिकासँग अनमोलको नाम जोडिएपनि उनले स्विकार भने गरेका छैनन् ।यसैविच, पछिल्लो समय...
काठमाडौं । नेपाल आयाल निगमले सार्वजनिक बोल कबोलमार्फत संस्थाको कवाडी सवारी साधन लिलाम बिक्री गर्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै निगमले आफुसँग भएको पुराना ९ वटा सवारी साधन विक्रि गर्ने जनाएको छ । संस्थासँग भएको १ नम्बर लटको ४ वटा मारुती कार, एउटा १९९५ मोडलको महिन्द्रा निसान, १९९९ मोडलको स्वोराज माज्दा, २००१ मोडलको यामाहा वाईबीएक्स,...
चैत १८,
महोत्तरी । महोत्तरीको भंगहाबाट ७ जना किशोरी सम्पर्कविहीन भएका छन् । भंगहा नगरपालिका–८ मा रहेको धर्मपुर टोलका ७ जना किशोरी हिजो दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । हिजो दिउँसो झण्डै दुई बजे घाँस काट्न निस्केकी २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना...
चैत १८,
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा घाइते अवस्थामा भेटिएको पाटेबाघ मरेको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीका अनुसार शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत २४ नम्बर सीमा स्तम्भ नजिक बाघ घाइते अवस्थामा भेटिएको थियो । सोमवार पर्यटक गाइडले बाघ घाइते देखेपछि निकुञ्ज प्रशासनमा खबर गरेका थिए । सहायक संरक्षण अधिकृत चौधरीले सोमवार राति घाइते बाघ मरेको...
चैत १८,
काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा कटौती गरेको छ । उनको सुरक्षामा खटिएका ४० मध्ये २४ सुरक्षाकर्मी फिर्ता गरिएको हो । पूर्वराजा शाह र राजपरिवारका सदस्यको सुरक्षामा खटिएका २४ जना सशस्त्र प्रहरीलाई मंगलबार फिर्ता बोलाइएको हो । पूर्वराजपरिवारको सुरक्षामा ४० जना सशस्त्र प्रहरी तैनाथ हुँदआएकामा अब १६ जनामात्रै हुनेछन् । अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि,...
चैत १८,
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गरिनेछ । यस्तै कांग्रेसबाट तत्कालीन संविधान सभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा पनि शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ । साथै विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची छन् । विभिन्न समितिका...
चैत १७,
मुस्ताङ । जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । यसअघि चैत १४ देखि १७ गतेसम्मलाई बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द गरिएको...
चैत १७,
काठमाडौं । नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र मंगलबार पुनरावलोकनमा जाने तयारी गरेको छ ।। स्रोतका अनुसार आज बिहान ११ बजे माओवादी केन्द्र सर्वोच्च अदालत पुग्दैछ । नेकपा विवादमा सर्वोच्चको फैसलाप्रति चित्त नबुझाएको माओवादी केन्द्रले फैसला पुनरावलोकनका लागि सर्वोच्च जाने निर्णय गरेको थियो । कानुन व्यवसायीहरुको सुझावअनुसार माओवादी केन्द्र सर्वोच्चको फैसलाबारे...
चैत १७,
उदयपुर । जिल्लाको बेलका नगरपालिका–८ कोठुमा प्रहरीले अवैध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार सात केजी गाँजासहित पक्राउ पर्ने युवा बेलका नगरपालिका–७ का २४ वर्षीय अनिश राई रहेका छन् । सोमबार बेलुकी ५ बजेतिर ना४च १५१६ नंको बरगाछी बजारतिर आउँदै गरेको पिकअप भ्यानमा सवार राईलाई गस्तीमा रहेको प्रहरीले शङ्का लागेर जाँच...










