बैशाख ९,
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ । मन्त्रालयले कोभिड–१९को युके भेरियन्टको संक्रमण दर उच्च भएको र नेपालमा अहिले युके भेरियन्ट देखा परेकाले अवको तीन महिनामा संक्रमण दर उच्च हुने देखिएको बताएको हो । बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...
बैशाख ९
मुम्बई । हिन्दी फिल्मका चर्चित छायाँकार जोनी लालको निधन भएको छ । मुम्बईस्थित आफ्नै निवासमा उनको निधन भएको हो । उनको निधनको खबरले बलिउड शोकमा डुबेको छ । उनको निधनको कारण कोरोना बनेको छ । कोरोना संक्रमित भएपछि उनी घरमै होम क्वारेन्टिनमा बसेर आफ्नो उपचार गराइरहेका थिए । तर बुधबार उनको कोरोना भाइरसकै कारणले निधन भएको हो ।
जोनी...
बैशाख ५,
काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५०८४ जनाको पीसीआर र ६९९ को एन्टिजेन परीक्षण गरिएका थिए । यसमध्ये १०१५ जनामा पीसीआर परीक्षण र ८१ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार...
बैशाख ५,
काठमाडौं । एउटा घटना सार्वजनिक भएको छ जहाँ सलादको प्याकेटबाट विषालु सर्प निस्किएको छ । ‘द गार्जियन’ को एक रिपोर्ट अनुसार यो घटना अष्ट्रेलियाको सिड्नी शहरको हो । यी व्यक्तिले कहिल्यै सोचेका थिएनन् होला कि सलाद खरिद गर्नुको परिणाम के हुनेछ । घर पुगेपछि जब उनले सलादको प्याकेट खोले तब त्यसबाट विषालु सर्प निस्कियो । अलेक्जेन्डर ह्वाइट...
बैशाख ५,
मुम्बई । अभिनेता अर्जुन रामपाल कोरोना संक्रमित भएका छन् । अर्जुनले सामाजिक संजाल मार्फत संक्रमणको जानकारी दिएका हुन् । कोरोना संक्रमित भएपछि अर्जुनले आफुलाई होम क्वारेन्टाइन गरेका छन् । अर्जुनले कोरोना संक्रमणको जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो कोभिड १९ टेष्ट पोजेटिभ आएको छ । तर मलाई अहिले केही लक्ष्यण देखिएको छैन । मैले आफुलाई घरमै...
बैशाख ५,
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । बैठकका एजेन्डाका विषयमा सहमति हुन नसकेपछि बैठक बस्दै नबसी स्थगित भएको हो । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार दिउँसो २ बजेका लागि तय गरिएको बैठक सोमबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ । केन्द्रीय समिति बैठक स्थगित भएपछि शीर्षस्थ...
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताएका छन्। सदरमुकाम कुश्माबजारमा माओवादी केन्द्रद्वारा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले नेपाल पक्षसँग निकट भविष्यमै एकता गर्ने गरी गम्भीर रुपमा वार्ता र छलफल अघि बढेको खुलासा गरे । उनले बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि विभाजित सबै...
बैशाख २,
काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शान्तिनगरस्थित नेकपा एमालेका सांसद झपटबहादुर रावल बस्दै आएको घरमा ढुंगा हान्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले रामेछापको गोकुलगंगा गाउँपालिका–१ घर भएका मनोज तामाङ र पाँचथर घर भएका नसिम लिम्बुलाई पक्राउ गरेको हो ।मोटरसाइकल पार्किङ गर्ने विषयमा विवाद हुँदा बुधवार राती दुई युवाले ढुंगा हानेका थिए...
बैशाख २,
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मास्क बिना जान निषेध गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, सुरक्षाकर्मी र अन्य सरोकारवाला निकायको बैठकले बिहिबार सो निर्णय गरेको हो । मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।विमानस्थल उच्च जोखिममा भएको हुनाले पुर्व सतर्कता अपनाउनका लागि भीड नगर्न आग्रह...
बैशाख २,
भक्तपुर । भक्तपुरको रहेको एक गाई फर्ममा युवकको हत्या भएको छ । सूर्यबिनायक नगरपालिका वडा नं. ८ सिपाडोल मुलबाटो रहेको गाई फर्ममा अन्दाजी २० बर्षको युवको लाश फेला परेको महानगरिय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । गोकुल बहादुर खुलालले संचालन गरेको गाई फर्ममा सोलुखुम्बु घर भई मनोहरा सुकुम्बासी बस्तीमा बस्ने ईश्वर राईको शव भेटिएको परिसरका सूचना...










