काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

81
g]kfnL sfFu|];sf] s]Gb|Lo sfo{;ldltsf] a}7s z'qmaf/ nlntk'/l:yt kf6L{ s]Gb|Lo sfof{no ;g]kfdf a:b} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

बैशाख ५,
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । बैठकका एजेन्डाका विषयमा सहमति हुन नसकेपछि बैठक बस्दै नबसी स्थगित भएको हो । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार दिउँसो २ बजेका लागि तय गरिएको बैठक सोमबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ । केन्द्रीय समिति बैठक स्थगित भएपछि शीर्षस्थ नेताहरूबीच अनौपचारिक बैठक भने भइरहेको छ । पार्टीको १४ औँ महाधिवेशको तयारी र सत्ता समीकरणका विषयमा पार्टीभित्र एकमत कायम हुन नसकेपछि बैठक बस्न नसकेको बुझिएको छ ।