छायाँकार जोनी लालको निधन

234

बैशाख ९
मुम्बई । हिन्दी फिल्मका चर्चित छायाँकार जोनी लालको निधन भएको छ । मुम्बईस्थित आफ्नै निवासमा उनको निधन भएको हो । उनको निधनको खबरले बलिउड शोकमा डुबेको छ । उनको निधनको कारण कोरोना बनेको छ । कोरोना संक्रमित भएपछि उनी घरमै होम क्वारेन्टिनमा बसेर आफ्नो उपचार गराइरहेका थिए । तर बुधबार उनको कोरोना भाइरसकै कारणले निधन भएको हो ।
जोनी लालको निधनको खबर आर माधवनले सार्वजनिक गरेका हुन् । जोनी आर माधव स्टार फिल्म ‘रहना है तेरे दिल मे’ र ‘तुषार कपुर स्टार फिल्म ‘मुझे कु कहना है’ जस्ता फिल्म समेत छायाँकन गरेका छन् ।