सिन्धुपाल्चोकको इन्द्रावती नदीमा भीषण बाढी, जनधनको क्षति कति भयो ?

308

असार २,
सिन्धुपाल्चोक । इन्द्रावती र उक्त भेगका अन्य नदीमा आएको बाढीले सिन्धुपाल्चोक जिल्लामा ठुलो क्षति गरेको छ । के कति क्षति भयो भन्ने एकिन विवरण नआएपनि मेलम्चि बजार, तिम्बु, किउल, सेरमाथानलगायतका स्थानमा बाढीले हानी नोक्सानी गरेको हो । ह्योल्मोभूमि हेलम्बु हुँदै मंगलबार आएको बाढीले इन्द्रावती मेलम्ची लगायतका करिडोर क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको छ । दिउँसोदेखिको अविरल वर्षाका कारण मेलम्ची नदीको बाढीले हेलम्बु गाउँपालिकाको किउलमा रहेको ट्राउट फर्म, रिसोर्टमा कार्यरत केहीलाई बगाएर बेपत्ता बनाएको अपुष्ट खबर आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाकाअनुसार हेलम्बुदेखि मेलम्ची बजारक्षेत्र भन्दा तल्ला भेगसम्मका गरी स्थानीय सोधपुछका आधारमा ३ जना बेपत्ता भएको प्रारम्भिक अनुमान छ । अविरल वर्षातले मुहानस्थलबाट नै उर्लिएर आएको बाढी हेलम्बु पुगेपछि त्रसित स्थानीय र सुरक्षाकर्मी सुरक्षित स्थानमा सरेको उनले सुनाए । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानबाटै नदीको बहाब बेलुकी करिब ६ बजेबाट क्रमशस् बढ्दै आएको थियो । मेलम्ची आयोजनाको काम गर्ने चिनियाँ क्याम्प ध्वस्त बनाएर उर्लिएको बाढीले क्रमशस् वरपरका संरचना बगाउन थालेपछि हेलम्बुदेखि मेलम्ची भेगका बजार गाउँ क्षेत्रमा भागभाग चलेको थियो ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाकाअनुसार हेलम्बु भेगमा मात्रै ४र५ जना बेपत्ता भएको अनुमान छ । मेलम्ची नदीको मुहानस्थल नाकुतेबाट बढ्दै आएको मेलम्ची नदीले हेलम्बु २ किउल, ग्याल्थुम र मेलम्ची नदी आसपासका ट्राउट फर्म रिसोर्टसहित केही घर बगाएको छ । ुजताततै पुल सडक बगाएको छ, जसबारे बुझ्दैछौं, यकिन विवरण आइसकेको छैन,ु उनले भने ।

हेलम्बु गापा २ किउल, ग्याल्थुम, तिपेनी, तालामाराङ हुँदै मेलम्ची बजारसम्म एक दर्जनभन्दा बढी स्थानीय घर छाडेर सुरक्षित छिमेकी या अन्यत्र सुरक्षित स्थानमा सरेका छन् । मेलम्ची नगरका स्थानीय सुचिन सुवेदीले इन्द्रावती गाउँपालिका र मेलम्ची नगर जोड्ने पुल मेलम्ची नदीले बगाइसकेको बताए । ‘यहाँ बिजुली छैन, हामी सबै नगरपालिका र अन्यतिर सुरक्षित स्थानमा सरेका छौं,’उनले भने ।