मनाङमा बाढीको त्रास

206

मनाङ । लगातारको वर्षाका कारण आएको बाढीले विस्थापित भएका मनाङका तीन सय जनालाई सुरक्षित ठाउँमा सारिएको छ। डुबानमा परेकाहरुलाई मंगलबार स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको टोलीले स्थानान्तरण गरेको प्रमुख जिल्ला अधिकारी ९सिडिओ० विष्णु लामिछानेले जानकारी दिए ।

सिडिओ लामिछानेले भने, ‘ताल गाउँ, चामे बजारका स्थानीयबासीसँगै जोखिममा रहेका अन्यलाई पनि सुरक्षित ठाउँमा सार्न स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली खटिरहेका छन्।’
लामिछानेका अनुसार नासोँ गाउँपालिका–१ ताल गाउँका ५० घर र जिल्ला सदरमुकाम चामेका पाँच घर डुबानमा परेको छ । ‘अहिलेसम्म प्राप्त जानकारी अनुसार चामेकै तीन घर बगाएको छ भने १६ घर उच्च जोखिममा रहेको छ’, उनले भने ।

सिडिओ लामिछानेका अनुसार बाढीले तिमाङ खोलाको बेलिब्रिज, मनाङको नयाँ बजारमा रहेको घट्टेखोलाको काठेपुल बगाएको छ भने पक्की पुलमा आंशिक नोक्सानी पुर्याएको छ।
यस्तै, जिल्लाको हुलाक कार्यालय र तिमाङ खोलामै रहेको ३२ किलोवाटको स्यल्क्यु खोला लघु जलविद्युत गृह बगाएको उनले बताए। ुलघु जलविद्युत बगाएपछि त्यहाँ बत्तीको आपूर्ति पूर्णरुपमा ठप्प भएको छ’, उनले भने । -thaha khabar