साउन ५,
भक्तपुर । कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा। डा। चन्द्रमणि पौडेलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा...
मध्यपुर थिमि । महिलाहरुको स्वास्थ्य क्षेत्रमा विशेष कार्य गर्ने उद्देश्यले स्थापित
अन्तर्राष्ट्रिय सामाजिक महिला संघ इनरव्हिल क्लव अफ मध्यपुरको छैटौं पदस्थापन
तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।बोडेस्थित स्वप्न संसार स्कूलको भवनमा आयोजित उक्त कार्यक्रममा इनर व्हिल क्लव ३५० डिस्ट्रिक प्रमुख ज्ञानु श्रेष्ठले बरिष्ठ गायिका तथा मानार्थ सदस्य तारा थापालाई विशेष सम्मान गर्दै क्लवले मध्यपुर थिमि नगरभित्रका महिलाहरुको
स्वास्थ्य तथा बालबालिका...
मानिसको जिवनमा यौन क्षणिक सन्तुष्टको माध्याम मात्र होइन । न सन्तान जन्माउने शारीरिक क्रिया मात्र हो । यसले दम्पतीको शारीरिक तथा भावनात्मक ति आवश्यक्ताहरु पुरा गर्छन्, जो जैविक जीवनका लागि अपरिहार्य मानिन्छ । जुन श्रीमान-श्रीमती यौनमा उदार छन् र त्यसबाट पूर्णत सन्तुष्ट प्राप्त गर्छन्, उनीहरुको मनमा शंका, उपशंका, गुनासो केहीपनि रहँदैन । एकअर्कामा पूर्ण रुपले समर्पित हुन्छन् । यौनले...
साउन ४,
काठमाडौं । मिश्रका महिलाहरु यौन हिंसाले जकडिएको मौनको पर्खाल तोडिरहेका छन् । र, वैवाहिक बलात्कारको बारेमा खुलेर कुरा गरिरहेका छन् । यो एक यस्तो मुद्दा हो, जुन इजिप्टमा विरलै चर्चा गरिन्छ । ३४ बर्षिय सफाको सुहागरातमा उनका श्रीमानले उनीसँग बलात्कार गरे । यस यौन हिंसामा उनको गुप्ताङ्ग, नारी र अनुहारमा चोट लाग्यो । उनी भन्छिन्, ‘मेरो पिरियड...
साउन ४,
काठमाडौं । सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम असोज मसान्तसम्म लागू हुने गरी दुबै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई...
साउन ३,
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।
संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको छ ।सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत...
-विदुरप्रसाद तिमिल्सिना
मरेका रहरहरू साँचेर
मिथ्याका पूजक बस्ने यो
विचित्रताले भरिएको सहर
आफूलाई उसले जिउँदो ठान्छ
बेढङ्गका विचारहरूले आज
चर्चा गर्छन् जनको किन ?रङ्गहीन चिसा विचारहरूले
उडाए हाम्रा रङ्गीन सपना
ठूला सपनाको लोभमा होमी
भिजेका चिसा सिरानीमा
किन खेल्छौ एकोहोरो त्यो
निर्जीव उसको शरीरसङ्ग
किन खोज्छौ आएर यहाँ
सपनाको अन्त्य गर्ने सहरमा
यौवनको प्यासमा प्रेम अनि
गुमेको आफ्नो पुरुषत्व !समीकरणको सुगन्धमा रमेर
आज हुँदैछ नयाँ नयाँ खेल
जनलाई पत्तो हुँदैन कहिल्यै
कसले गरेको थाहा छैन झेल
शून्यमा हराएका...
साउन ३,
काठमाडौं । ‘चम्सुरी’ नामले सुपरिचित हास्य कलाकार पल्पसा डंगोलको दुवै मिर्गौला फेल भएको छ । उनी हाल टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत छिन् । एक महिनाअगाडि स्वास्थ्य खराब भएपछि पल्पसा टिचिङ अस्पताल भर्ना भएकी थिइन् । सहकलाकार तथा नजिककी साथी दिपाश्री निरौलाका अनुसार पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । तर छोरीहरुले थाहा नपाउन् भनेर आफ्नो...
साउन ३,
जनकपुर । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । उनका अनुसार रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम हुनेछ । उनले भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्र्याक स्पिड’ परीक्षण...
साउन ३,
काठमाडौं । आज मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर सामान्यदेखि पुर्ण बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा हल्का देखि मध्यम...










