इनरव्हिल क्लव अफ मध्यपुरको छैटौं पदस्थापन तथा पुरस्कार वितरण

235

मध्यपुर थिमि । महिलाहरुको स्वास्थ्य क्षेत्रमा विशेष कार्य गर्ने उद्देश्यले स्थापित
अन्तर्राष्ट्रिय सामाजिक महिला संघ इनरव्हिल क्लव अफ मध्यपुरको छैटौं पदस्थापन
तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।बोडेस्थित स्वप्न संसार स्कूलको भवनमा आयोजित उक्त कार्यक्रममा इनर व्हिल क्लव ३५० डिस्ट्रिक प्रमुख ज्ञानु श्रेष्ठले बरिष्ठ गायिका तथा मानार्थ सदस्य तारा थापालाई विशेष सम्मान गर्दै क्लवले मध्यपुर थिमि नगरभित्रका महिलाहरुको
स्वास्थ्य तथा बालबालिका क्षेत्रमा गरेको सामाजिक कार्यहरुको प्रशंसा गर्नुभएको
थियो । क्लवका अध्यक्ष डाक्टर मञ्जेश्वरी उलकको सभापतित्वमा सम्पन्न कार्यक्रममा
अध्यक्ष उलकले क्लवले बर्षभरी गरेका विभिन्न गतिविधिकहरुको जानकारी दिदै
आप्mनो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुप्रति धन्यवादज्ञापन समेत
गर्नु भएको थियो ।

क्लवलाई सहयोग गर्ने तथा नयाँ सदस्यहरुलाई स्वागत तथा सम्मान समेत गरेको
सोही अवसरमा इनर व्हिलका राष्ट्रिय प्रतिनिधि सुनी जोशी, डिष्ट्रिक ३५० का
सचिव सिमा झालगायतका व्यक्तिहरुले क्लवले गर्ने गरेका विभिन्न गतिविधिका
बारेमा बोल्नुभएको थियो ।

यसैबीच सोही कार्यक्रममा बर्ष २०२१/२२ का लागि विद्यालक्ष्मी ध्याकोको अध्यक्षता
नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसमा उपाध्यक्ष सरस्वती राना थापा,
निवर्तमान अध्यक्ष डाक्टर मञ्जेश्वरी उलक, सचिव सरिता लामा, कोषाध्यक्ष अनिता
प्रजापति, आई.एस.ओ. अमृता रंजित, सम्पादक रोशनी दली र कार्यकारी
सदस्यहरुमा क्रमशः संस्थापक अध्यक्ष डाक्टर सृष्टि श्रेष्ठ प्रजापति, पूर्वअध्यक्षद्वय
लक्ष्मीकेशरी श्रेष्ठ, रुपा श्रेष्ठ र अमरदेवी कोजुलगायतका रहेका छन् ।