वास्तविक घटनाः ‘मेरा श्रीमानले मलाई बलात्कार गरे’

200
सांकेतिक तस्विर

साउन ४,
काठमाडौं । मिश्रका महिलाहरु यौन हिंसाले जकडिएको मौनको पर्खाल तोडिरहेका छन् । र, वैवाहिक बलात्कारको बारेमा खुलेर कुरा गरिरहेका छन् । यो एक यस्तो मुद्दा हो, जुन इजिप्टमा विरलै चर्चा गरिन्छ । ३४ बर्षिय सफाको सुहागरातमा उनका श्रीमानले उनीसँग बलात्कार गरे । यस यौन हिंसामा उनको गुप्ताङ्ग, नारी र अनुहारमा चोट लाग्यो । उनी भन्छिन्, ‘मेरो पिरियड चलिरहेको थियो र म सेक्सका लागि तयार थिइन । मेरो हाथ बाधियो, मेरो मुख दबाइयो र बलात्कार गरियो ।’
सामाजिक बदनामीको डरले साफाले आफ्नो श्रीमानको विरुद्ध उजुरी गरिनन् ।

मिश्रको समाज पितृसत्तात्मक छ र त्यहाँ पीडित महिलालाई नै दोष दिने संस्कृति छ । सफाका लागि बदलावको समय तब आयो जब उनले रमजानको महिनामा टेलिभिजनमा प्रसारित धारावाहिक न्यूटन्स क्रेडलका एउटा दृश्य देखिन् । त्यसमा एक श्रीमानले आफ्नी श्रीमतीसँग बलात्कार गरेको देखाइएको छ ।
यस दृश्य देखेर केही महिलाले दुःखलाग्दो विगत सम्झिए । यसले उनीहरुलाई शोसल मिडियामा खुलेर कुराकानी गर्न र आफ्नो अनुभव साझेदार गर्ने मौका पनि दियो ।

केही हप्ताभित्र सैयौं महिलाले सोशल मिडियामा आफुमाथि भएको अत्याचारको बारेमा लेखे । फेसबुकमा स्पीक अपको नामबाट बनाइएको एक पेजमा सात सय बढी महिलाले आफ्नो पीडा पोखेका छन् ।
यसमा २७ बर्षकी साना पनि थिइन् । ‘उनी मेरा लागि एक भलाद्मी पुरुष थिए । विवाहको एक वर्षपछि म गर्भवती भएँ र म बच्चा जन्माउनेवाला थिएँ ।’

साना लेख्छन्, ‘एक मामुली कुरामा हाम्रो झगडा भयो र उनले तय गरे कि मलाई सजाय दिने । उनले मसँग जबरजस्ती गरे र बलात्कार गरे । मेरो गर्भ तुहियो ।’ सानाले सम्बन्ध विच्छेदको लडाई एक्लै लडिन् । अब उनी आफ्नो श्रीमानसँग अलग छिन् । अहिले पनि उनलाई आफ्नो बच्चाको यादले रुवाउँछ ।

मिश्रका केही क्षेत्रमा श्रीमतीसँग जबरजस्ती यौन सम्पर्क राख्न, खासगरी सहागरातको दिन, एक प्रचलित सामाजिक दुष्टता छ । अहिले यही मुद्दा सतहमा आएको छ र बहसको विषय बनेको छ । एक चर्चित गायकका पूर्व पत्नीले इन्स्टाग्राममा आफ्नो अनुभव साझा गरेपछि यो मुद्धा छेडिएको हो ।
उनले रुँदै आफ्नो वैवाहिक जीवनमा भएको बलात्कारको कथा सुनाएकी छिन् । त्यो भिडियो मिश्रममा भाइरल भएको छ । त्यसलाई केही संचार माध्यामले प्रकासित, प्रसारण पनि गरे ।
श्रीमानले यसको जवाफ इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै सबै आरोप आधारहीन भएको तर्क गरेका छन् । उनकी श्रीमतीले यस अपराध घोषित गर्नका लागि कानुनी परिवर्तनको माग गरेकी छिन् ।