भक्तपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरको अध्यक्षमा पूनः संजय खड्का निर्वाचित भएका छन् । छठौं जिल्ला अधिवेशनबाट मदरल्याण्ड स्कूलका संचालकरप्रिन्सिपल संजय खड्काको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा शिव कृष्ण कवां र उपाध्यक्षमा राम प्रसाद खाताखोलाई निर्वाचित गरेको छ भने सचिवमा कुमार थापा मगर र सहसचिवमा दिनेश शाक्य निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा बिक्रम थापा र सह(कोषाध्यक्षमा रत्नबहादुर राई निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा प्रतिमा माक, सुमन शिल्पकार, कमल सुवाल, रमेश प्रसाद सिटौला, शर्मिला खड्का र अशोक श्रेष्ठ रहेका छन् । अधिवेशनको बन्द सत्रबाट कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।