Friday, October 16, 2026
Home अर्थ घट्यो सेयर बजार

घट्यो सेयर बजार

47

काठमाडौँ । सेयर बजार परिसूचक बुधबार दोहोरो अंकले घटेको छ। नेप्से १२ दशमलव ८१ अंकले घटेर एक हजार आठ सय ४५ दशमलव ५१ विन्दुमा झरेको छ।

आज होटल र म्युचुअल फन्डबाहेक सबै समूहको सेयर घटेको छ।

दुई सय १६ वटा कम्पनीको २१ लाख ५१ हजार कित्ता सेयर ६४ करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ७२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको सेयर साढे ६ प्रतिशत र साम्लिङ पावर कम्पनीको सेयर ६ प्रतिशतले घटेको छ। समग्रमा बजार घटे पनि अभियान लघुवित्त र सयपत्री हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ।