Sunday, September 27, 2026
Home मनोरन्जन ‘गंगुबाइ काठियावाडी’को ट्रेलर सार्वजनिक

‘गंगुबाइ काठियावाडी’को ट्रेलर सार्वजनिक

235

माघ २२,

काठमाडौं : ‘माफिया क्विन अफ मुम्बई’ को उपनामले चिनिने गंगा हरजीवनदासको जीवनीमा आधारित फिल्म ‘गंगुबाई काठियावाडी’को ट्रेलर सार्वजनिक भएको छ।सञ्जय लीला भन्सालीको लेखन तथा निर्देशनमा बनेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको हो। आफन्तबाटै बेचिएर यौन व्यवसायी बनेकी गंगा पछि गंगुबाई काठियावाडीको नामले चिनिएकी थिइन्।सन् १९६० को दशकमा राजनीतिक शक्तिका रुपमा उदाएकी उनको सन् २००८ मा निधन भएको थियो। भारतीय खोज पत्रकार हुसेन जैदीद्वारा लिखित गंगुबाईको जीवनी माफिया क्विन्स अफ मुम्बई पुस्तकमा आधारित रहेर फिल्म बनेको हो।फिल्ममा गंगुबाईले शक्तिमा आउन गरेको संघर्षको कथा छ। जसमा आलिया भट्ट केन्द्रीय भूमिकामा देखिँदै छिन्।फिल्ममा आलियासँगै सान्तनु महेश्वरी, विजय राज, इन्दिरा तिवारी, सीमा पह्वालगायत कलाकारको मुख्य भूमिका रहेको छ भने अजय देवगनको पनि क्यामियो रोल रहेको छ।
यसअघि २०२१ जुलाई अन्तिम साता प्रदर्शनमा ल्याउने तयारी भएको फिल्म कोरोनाका कारण रोकिएको थियो। अब फिल्म फेब्रुअरी २५ मा प्रदर्शन गर्ने तयारी गरिएको छ। फिल्मको वर्ल्ड प्रिमियर ७२ औँ बर्लिन इन्टरनेशनल फिल्म फेस्टिवलमा गरिनेछ जुन फेब्रुअरी १० देखि जर्मनीको बर्लिनमा आयोजना हुँदैछ।