Sunday, September 27, 2026
Home समाचार कोरोना १७ जनाको मृत्यु, ५०२ जना संक्रमित, २८७८ जना डिस्चार्ज

कोरोना १७ जनाको मृत्यु, ५०२ जना संक्रमित, २८७८ जना डिस्चार्ज

98
फाइल तस्विर

मंसिर २,
काठमाडौं । पछिल्लो २४ घण्टामा ५०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५०२ जना कोरोना संक्रमित थपिएका हुन् । पछिलो २४ घण्टामा ३ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गरिएको छ । उपत्यकामा थप ३३९ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २८९, ललितपुरमा ३८ र भक्तपुर १२ जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । पछिल्लो २४ घण्टामा २८७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२४७ जना पुगेको छ ।