Saturday, September 26, 2026
Home Uncategorized तरकारीवालीलाई निः शुल्क छात्रवृत्ती प्रदान

तरकारीवालीलाई निः शुल्क छात्रवृत्ती प्रदान

321

तरकारीवालीको रुपमा संसारभर परिचय बनाउँदै भाईरल बनेकी गोरखाकी कुशुम श्रेष्ठलाई स्नातकोत्तर तहसम्म निशुल्क छात्रवृत्ती प्रदान गरिएको छ । कुशुम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा एक कार्यक्रम आयोजना गरी नेपाली चलचित्र निर्माता कम्पनी पपुलर मल्टी मीडियाले कक्षा ११ र १२ को लागि क्वेस्ट कलेजसँगको सहकार्यतामा छात्रवृत्ती प्रदान गरिएको हो । त्यस्तै, काठमाण्डौको बबरमहलस्थित नेपाल मेघा कलेजको सहकार्यतामा स्नातक र स्नातकोत्तर तहमा अध्ययनको पूर्ण छात्रवृत्ती प्रदान गरिएको हो । lamfu-film-donate-for-kusum-shrestha
शिक्षण शूल्क तथा छात्रवृत्ती प्रदान कार्यक्रममा काठमाडौंबाट पपुलर मल्टी मीडियाका अध्यक्ष शक्ति बल्दव घोरासैनी, पपुलर मल्टी मीडियाले बनाउँदै गरेको चलचित्र ‘लम्फू’का निर्देशक गोपाल चन्द्र लामिछाने, चलचित्र निर्माता पुनम क्षेत्री गौतम, कलाकार सञ्जीत भण्डारी, बरिष्ठ साहित्यकार एल.बि. क्षेत्री, कुशुम श्रेष्ठका काका गोपिलाल श्रेष्ठ, क्वेस्ट मोडल कलेजका प्रिन्सिपल जगदिस चन्द्र शर्मा लगायतको उपस्थिती थियो । छात्रवृत्ती पाईसकेपछि तरकारीवाली तथा कुशुम श्रेष्ठले आफ्नो लागि यो सहयोग अतुलनिय रहेको बताईन् । ‘यो सहयोग मेरो लागि अतुलनिय छ । उहाँहरुको चाहना अनुरुप मैले उच्च शिक्षा प्राप्त गर्न निरन्तर मेहनत गर्नेछु ।