संघीयता रहे नेपाल रहदैन् ः केसी

260

पुस २६,
भक्तपुर । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर के.सीले कि नेपालमा संघियता रहने नेपाल नरहने बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै के.सी.ले भने नेपालमाकि संघीयता रहन्छ कि नेपाल रहन्छ, दुबै रहन सक्दैन् ।
संघियता नेपालीको घाँटीमा जबरजस्ती भिडाएर कालान्तरमा नेपाललाई भारतमा गाभ्ने योजना पुरा गर्न भारत लागेको केसीको आरोप छ
उनले प्रतिपक्षको बिरोधका माँझ संशोधन बिधेयक टेबल गरेर संसदको मर्यादा बिपरित गएर बिदेशीको आदेश पालना गर्न वर्तमान सरकारले संशोधन बिधेयक टेबल गरि गाइजात्रा देखाएको बताए ।
भारतीय स्वार्थमा पुनःसंरचना गर्न सत्तासिन दलहरु लागि परेको बताउँदै उनले महिनौं दिनसम्म पनि लोकमानविरुद्धको महाअभियोग अड्काएर राख्न मिल्ने तर सांसदहरुको तलब बढाउने काम दुई घण्टामै सक्नेहरुले भारतको आदेश नआए सम्म आफ्नो बिबेकले काम नगर्ने दाबी गरेका छन् ।
सत्ता र शक्तिका लागि छिमेकीको भरमै निर्भर हुने अवस्था छाडी मय मै युद्धस्तरमा स्थानीयको निर्वाचनको तयारी गर्न समेत सरकारसंग माग गरेका छन् ।
कार्यक्रममा बोल्दै उनले भने ‘नेपालको तराई क्षेत्रको भु–भाग भारतले आफ्नो कब्जामा पार्ने रणनीति संघियताबाटै सम्भव रहेको र यसको पछिल्लो उदाहरण पाँच नं प्रदेशलाई टुक्राउनु हो ।’