Sunday, September 27, 2026
Home शिक्षा एसइइ परीक्षामा ५ लाख ३८ हजार विद्यार्थी सहभागी

एसइइ परीक्षामा ५ लाख ३८ हजार विद्यार्थी सहभागी

512

फागुन २४,
भक्तपुर । यसवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइइ० मा देशभरबाट कुल ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुसार परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा सहभागी हुनेछन् ।
आगामी चैत्र ३ गतेदेखि सुरु हुने यसवर्षको माध्यमिक शिक्षा परीक्षाको लागि देशभर कुल १ हजार ९ सय २३ केन्द्र निर्धारण गरिएको छ ।
परीक्षा नियन्त्रक रेग्मीका अनुसार चैत्र ३ गते अनिवार्य अंग्रेजी, ४ गते अनिवार्य नेपाली, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्धितिय विषयको परीक्षा संचालन हुनेछ ।
विगतमा एसएलसी परीक्षाको रुपमा सञ्चालन हुँदै आएको यो परीक्षा नयाँ शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा संचालन गर्ने उल्लेख गरेपनि तयारी नपुगेको भन्दै यसवर्ष अन्तिम पटकका लागि परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा संचालन गर्न दिएको हो ।