काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यही माघ १५ गतेदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि र करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ। त्रिविले सूचना जारी गरी प्रक्रियाबारे जानकारी दिएको छ। अनलाइन सेवा लिन पहिला tuexam.edu.np मा log in गर्नेुपर्ने छ। त्यसपछि Certificate link मा click गर्ने। Sign up गरेपछि e-mail मा एउटा लिंक देखाउछ र उक्त लिंकमा click गर्नेुर्ने छ।िविले अनलाइन सेवाबाट सेवा सुविधा लिने विद्यार्थीहरूको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय मार्फत वितरण गरिनेछ जानकारी दिएको छ। त्रिविका अनुसार त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूले दिने सेवाहरू (ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि र करेक्सन) अनलाइन माध्यमबाट ई-पेमेन्टको सुविधासहित यही मिति २०८० माघ १५ गते सोमबारदेखि सञ्चालन गर्ने निर्णय भइसकेको छ त्रिविले यसअघि नै यसबारे सबै जानकारीको लागि माघ १० गतेका दिन प्रविष्ट गरिने जानकारी दिएको थियो।
(यसरी अनलाइन सेवा लिनुहोस्)