Monday, September 28, 2026
Home अर्थ ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिग मार्टमा १० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिग मार्टमा १० प्रतिशत छुट

39

काठमाडौं : ग्लोबल आइएमई बैंकका ग्राहकले प्रत्येक शनिबार बिग मार्टमा १० प्रतिशत छुट पाउने भएका छन्। बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई प्रत्येक शनिबार बिग मार्टमा सर–समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्नेसम्बन्धी समझदारी भएको हो। ​बिगमार्टका सम्पूर्ण स्टोर मा १०प्रतिशत वा अधिकतम २०० सम्म छुट योजना ल्याएको बैंकले जनाएको छ। बैंकले सतहत्तरै जिल्लामा रहेका ३५४ शाखा, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्स्टेन्सन तथा राजस्व संकलन काउण्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको जनाएको छ।