Sunday, September 27, 2026
Home राजनीति प्रचण्डको घोषणा : सदन अवरोध गर्न छोड्दैनौँ

प्रचण्डको घोषणा : सदन अवरोध गर्न छोड्दैनौँ

28

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन अवरोध जारी राख्ने घोषणा गरेका छन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्। उनले आफूहरू हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावनाविपरीत, विस्तृत शान्ति सम्झौताविपरीत सदन अवरोधको स्थितिमा रहेको बताए। सदनबाट जबरजस्त आक्रमण गर्ने चेतावनी दिए।

उनले प्रतिनिधिसभामा संख्यामा कमजोर भए पनि विरासत, मुद्दा, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा आफूहरूको बारेमा गरिएको व्यवस्थाका कारण पनि कमजोर नरहेको बताए। प्रचण्डले भने, ‘हामी अहिले प्रतिनिधिसभामा संख्यामा कमजोर नै छौँ। यो दुनियाँले बुझेकै हो। तर हाम्रो विरासत र मुद्दाका कारणले, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा गरिएको व्यवस्थाका कारणले हामी कमजोर छैनौँ। सदनमा हेर्ने हो भने संवैधानिक परिषद्‌मा विपक्षीलाई कमजोर पार्न गरिएका चालबाजी हामीले असफल बनायौँ। हामी छोड्दैनौँ। किनकि संविधान र शान्ति सम्झौता उल्लंघन गर्ने अधिकार छैन। हामीले यो कुरा प्रतिनिधिसभामा पनि जबरजस्त उठाएका छौँ।’प्रचण्डले संवैधानिक परिषद्‌मा विपक्षीलाई कमजोर पार्न गरिएका चालबाजी आफूहरूले असफल बनाएको दावी गरे।