नेपाली क्रिकेट खेलाडीलाई जनही एक लाख दिने

40

काठमाडौँ । बाग्मती प्रदेश सरकारले नेपाली क्रिकेट खेलाडीलाई जनही १ लाख रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरेको छ । बाग्मती प्रदेश सरकारले आइसिसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई जनही १ लाख रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरेको हो ।

क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकोमा प्रोत्साहन स्वरूप रकम पुरस्कार दिन लागिएको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

क्रिकेट खेलाडीहरूले उत्कृष्ट खेलेका कारण देशको शिर उचाइमा पुर्‍याएकोमा प्रदेश सरकारले गौरव गरेको थपलियाले बताए । विश्व क्रिकेट लिग टू मा नेपालले हिजो (बिहीबार) भएको खेलामा युएईलाई हराएर विश्व कप क्रिकेटको क्वालिफायरमा पुगेको हो ।