Sunday, October 18, 2026
Home अर्थ सुनको मूल्य स्थिर, चाँदी १५ ले घट्यो

सुनको मूल्य स्थिर, चाँदी १५ ले घट्यो

40

काठमाडौं : स्थानीय बजारमा आज मङ्गलबारको मूल्यमा सुनको कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक लाख ४४ हजार १०० कारोबार भइरहेको हो। यसैगरी, तेजाबी सुन प्रतितोला रु एक लाख ४३ हजार चार सय कायम भएको छ। चाँदीको मूल्य रु १५ ले घटेर एक हजार रु आठ सय ७० मा किनबेच भइरहेको महासङ्घले बताएको छ। मङ्गलबार चाँदी प्रतितोला रु एक हजार आठ सय ८५ मा खरिदबिक्री भएको थियो।