तिमी जाने सिलगुडी…..भोली भक्तपुरमा गुन्जिनेछ विपुल क्षेत्रीको स्वर

70

भक्तपुर । तिमी जाने सिलगुडी म चाहीँ सिक्किम तिर…., डडेलो लाग्यो…. जस्ता चर्चित गीतका गायक विपुल क्षेत्री भक्तपुर आउने भएका छन् । बैशाख ३ गते भोली सल्लाघारीस्थित तीन कुनेको चौरमा कालिंगपुंग सिक्किमका नेपाली भाषी उनै गायक क्षेत्रीको विशेष प्रस्तुति रहनेछ ।

उक्त सांगीतिक कार्यक्रमको प्रवेश शुल्क ५ सय र १ हजार तोकिएको आयोजकले जानकारी दिएको छ । उनीलगायत अन्य नेपाली कलाकारहरुको समेत सांगीतिक कार्यक्रम हुनेछ, आयोजक सन्दिप महतले भने । विपुलको कार्यक्रम हेर्न चाहने दर्शकले www.ticketsanjal.com मार्फत टिकट काट्न सक्ने छन् । विपुलका सिन्डिकेट , सरर लगायत गीतहरू चर्चामा छन् ।