परिणीति चोपडा र राघव चड्डाले गरे विवाह

19

काठमाडौं । भारतको आम आदमी पार्टीका सांसद राघव चड्ढा र अभिनेत्री परिणीति चोपडाले विवाह गरेका छन् । उनीहरुले आइतबार उदयपुरमा विवाह गरेका हुन् । विवाहको तस्वीर शेयर गर्दै राघव चड्डाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जब हामी पहिलो पटक ब्रेकफास्ट टेबलमा भेट्यौं र कुरा गर्यौं, हाम्रो मनले एकअर्कालाई चिनेको थियो। लामो समय देखि यो दिनको लागी प्रतिक्षा थियो । अन्ततः मिस्टर एण्ड मिसेस बन्यौ ।’