काङ्ग्रेस महाधिवेशन: भक्तपुर नगरपालिका कसले जित्यो ?

299

असोज १०,

भक्तपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतवार भक्तपुरका स्थानीय तहमा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चुन्ने काम भएको छ । जस अनुसार कांग्रेस भक्तपुर नगर कार्यसमितिको सभापतिमा राजेन्द्र तमखु बिजय भएका छन् । उनको प्यानल नै विजयी भएको स्रोतले जानकारी दिएको छ ।

सभापतिमा निर्वाचित तमखुले ८९ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्दी राम कासुलाले ६८ मत प्राप्त गरे । उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिल राज दैवज्ञ, सहसचिवमा विष्णु प्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी भएका हुन् । चागुनारायण, सुर्यबिनायक र मध्यपुरथिमीमा मतगणना जारी रहेको काङ्ग्रेस भक्तपुरले जानकारी दिएको छ ।