Friday, September 18, 2026
Home अर्थ सेयर बजारमा सुधार

सेयर बजारमा सुधार

18

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजी बजारमा आज दोस्रो दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पाँच दशमलव ५४ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ०२ अङ्कमा कायम भएको हो ।

आज दुई सय ६१ वटा कम्पनीको २९ लाख ६० हजार आठ सय ६३ कित्ता शेयर ३५ हजार पाँच सय ४९ पटक खरिदबिक्री हुँदा ९१ करोड १९ लाख ७६ हजार बराबरको कारोबार भएको छ । आज वित्त समूह एक दशमलव ६३ अङ्कले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको उपसूचक ५३ दशमलव ५१ र निर्जीवन बीमा समूहको उपसूचक ३१ दशमलव ०६ अङ्कले बढेको छ । त्यस्तै, बैंकिङ समूह चार दशमलव १३, विकास बैंक समूह १८ दशमलव १५, जलविद्युत् समूह पाँच दशमलव ९६, लगानी समूह शून्य दशमलव ०९ र जीवन बीमा समूह १६ दशमलव १६ अङ्कले बढेको छ ।

नेप्सेका अनुसार आज उत्पादन तथा प्रशोधन समूह १४ दशमलव १४, लघुवित्त समूह छ दशमलव ६९, म्युचुअल फन्ड समूह शून्य दशमलव ०८, अन्य समूह शून्य दशमलव ५४ र व्यापार समूह २६ दशमलव ९२ अङ्कले बढेको छ ।

आज सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट देखिनेमा भने ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा छ दशमलव ५४ प्रतिशतले घटेको छ ।