बढ्यो सुनको मूल्य

36

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला दुई सयले बढेर १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी भने प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।