Monday, September 28, 2026
Home अर्थ यस्तो छ तरकारी/फलफूलको मूल्य

यस्तो छ तरकारी/फलफूलको मूल्य

198

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबार रातो आलु ३४ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ ।यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो ।

यसैगरी सुन्तला १२५ रुपैयाँ, कालो अंगुर र अनार ३०० रुपैयाँ प्रतिकेजी रहेको छ । साथै, हरियो अंगुर १८०, अम्बा १००, आभोकाडो ३००, किवि २५० प्रतिकेजी र केरा १२० रुपैयाँ दर्जन रहेको छ । यस्तै कन्य च्याउ प्रतिकेजी १२० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ । यता, ब्रोकाउली ७० रुपैयाँ, काउली स्थानीय ५० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, रातो मुला ६० रुपैयाँ रहेको छ ।

यस्तैगरि तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ९०, तिते करेला ११० रुपैयाँ, प्याज हरियो ८० रुपैयाँ, सुकेको प्याज ४२, भिण्डी ९० रुपैयाँ, लौका ७० रुपैयाँ,  गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन ९० रुपैयाँ, हरियो धनियाँ १०० रुपैयाँ र कागती ११० रुपैयाँ प्रतिकेजी रहेको छ ।