न्यायाधीशकै रोकियो पेन्सन

25

काठमाडौं । सरकारले संवैधानिक पदाधिकारीहरूको तलबमान निर्धारण नगर्दा साउनयता अवकाश पाएका संवैधानिक पदाधिकारीहरूले पेन्सन पाएका छैनन् ।

अवकाश पाएका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित केही उच्च अदालतका मुख्य न्यायाधीशहरुको पेन्सनपट्टा बन्न सकेको छैन । उनीहरुले अवकाशपछि बिदा, उपचार खर्चलगायत राज्यकोषबाट पाउने सुविधा समेत रोकिएको छ ।

उच्च अदालतबाट अवकाश पाएका न्यायाशीश शेषराज शिवाकोटीले गत साउनयता अवकाश पाएका आफू लगायत अन्य न्यायाधीशको पेन्सनपट्टा नबनेको बताए । ‘सरकारले गत जेठको बजेटमा कर्मचारीको तलबवृद्धिको घोषणा गरेको थियो, त्यो कार्यान्वयन भयो’ उनले भने, ‘तर संवैधानिक पदाधिकारीहरुको हकमा आधारभूत तलबमान निर्धारण नहुँदा पाउनुपर्ने सबै सुविधा रोकिएको छ ।’

त्यतिबेला संवैधानिक पदाधिकारीहरुको १५ प्रतिशत तलबवृद्धिको घोषणा भएको थियो । अर्थ मन्त्रालयले आधारभूत तलबमान निर्धारण गर्नुपर्नेमा करिव ६ महिना बितिसक्दा पनि त्यसको टुंगो लगाउन सकेन ।