अभियान लघुवित्तको कारोबार सुरू

23
काठमाडौं । स्टक एक्सचेञ्जमा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार भएको छ । आइतबार पहिलाे काराेबार सुरु गरेकाे अभियान लघुवित्तकाे स्पेशल प्रि-ओपनिङ सेसनमा प्रतिकित्ता ३ सय १६ रूपैयाँमा काराेबार भएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम १०५ रूपैयाँ ३६ पैसादेखि अधिकतम ३१६ रूपैयाँ ८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको  थियो ।

कम्पनीको कारोबार अधिकतम रेञ्जट सुरू भएको हो । शुक्रबार कम्पनीको २५ लाख कित्ता साधारण सेयर (आईपीओ)  धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।